काठमाडौंमा एमालेको पदयात्रा
काठमाडौं, असोज १ : नेकपा एमालेले संविधान दिवसको अवसरमा शनिबार पदयात्रा गरेको छ । बानेश्वर मैतीदेवी, लैनचौर, कालीमाटी र कुपण्डोलबाट निस्किएको किो पदयात्रा...
काठमाडौं, असोज १ : नेकपा एमालेले संविधान दिवसको अवसरमा शनिबार पदयात्रा गरेको छ । बानेश्वर मैतीदेवी, लैनचौर, कालीमाटी र कुपण्डोलबाट निस्किएको किो पदयात्रा वसन्तपुर पुगेर सकिएको थयो ।
पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरु पनि सहभागी थिए। संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा लिएका थिए । संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय संगठन र एमालेप्रति शुभेच्छा राख्ने जनसमुदायको सहभागिता थियो ।
प्रकाशित मिति: १२:३९ बजे, शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











