अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, अझै ९ वेपत्ता
छामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिका गएको पहिरो परी ११ अझै वेपत्ता पएको प्रहरीले जनाएको छ।
अछाम, असाेज १ : अविरल वर्षापछि अछाममा शुक्रबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिका गएको पहिरो परी ९ अझै वेपत्ता पएको प्रहरीले जनाएको छ।
पहिरोमा परी कमलबजारमा १२ तथा तुर्माखाँद २ र ढकारी गाउँपालिकामा १ जनाको मृत्यु भएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजाल बताए ।
कमलबजार–८ डुंगालामा ७ को शव फेला परेको र एक जना घाइते भएका छन्। यस्तै, कमलबजार–६ हातीबाँझमा मा ५ जनाको मृत्यु हुँदा ३ जना बेपत्ता भएका छन् । यस्तै, ७ जना घाइते भएका छन्।
तुर्माखाद–५ नाडामा २ जनाको मृत्यु हुँदा ७ जना अझै बेपत्ता छन् । यस्तै, ढकारी–६ ढुंगाचाल्नामा २ जनाको मृत्यु भएको र १ जना वेपत्ता भएको प्रहरीले जनाएको छ।
तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको छ भने जनजीवन अस्तव्यस्त रहेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले बिहानै पहिरोका विषयमा जानकारी लिँदै पीडितलाई हेलिकोप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन्। साथै उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीसँग कुरा गर्दै सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्न भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न पनि निर्देशन दिएका छन्।











