Kathmandu Press

चोलेन्द्रलाई पुरक प्रश्न सोधिँदै

काठमाडाैं, असाेज १ : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पुरक प्रश्न सोध्न सुरु गरेको छ। यसअघिको बयानमा हस्ताक्षर सकाएपछि समितिले जबरालाई...
चोलेन्द्रलाई पुरक प्रश्न सोधिँदै

काठमाडाैं, असाेज १ : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पुरक प्रश्न सोध्न सुरु गरेको छ। यसअघिको बयानमा हस्ताक्षर सकाएपछि समितिले जबरालाई पुरक प्रश्न सोध्न थालेको हो।

शुक्रबारको बैठकमा लिखित बयानमा हस्तार नसकेएपछि आज पनि बायनमा हस्ताक्षर गरेका थिए। १७४ पृष्ठ लामो बयान सबै पढेरमात्रै जबराले हस्तक्षार गरेका थिए। जबरा बिहान साढे ८ बजे अघि नै सिंहदरबार पुगेका थिए।

जबरालाई पुरक प्रश्न सोधेर प्रतिवेदनलाई आजै अन्तिम रुप दिइने र आजै प्रतिनिधिसभामा बुझाउने समितिकाे छ। प्रतिनिधिसभा आज राति १२ बजे सकिने भएकाले समितिले प्रतिवेदन बुझाउन लागेको हो।

प्रकाशित मिति: ११:१७ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्