कञ्चनपुरमा बनहरा र दोदा बस्तीमा पस्यो, ४ सय बढी परिवार विस्थापित
कञ्चनपुर, असोज १ : लगातारको अविरल वर्षाका कारण कञ्चनपुरमा ४ सय बढी परिवार विस्थापित भएका छन्। बनहरा र दोदालगायतका अन्य नदीमा आएको बाढी...
कञ्चनपुर, असोज १ : लगातारको अविरल वर्षाका कारण कञ्चनपुरमा ४ सय बढी परिवार विस्थापित भएका छन्। बनहरा र दोदालगायतका अन्य नदीमा आएको बाढी बस्तीमा पस्दा ठूलो संख्यामा स्थानीय विस्थापित भएका हुन्।
दोदाको बाढी बस्तीमा पस्दा लालझाडी गाउँपालिका पूरै डुबानमा परेको छ । दोदाको बाढी शिखलपट्टी जाईबाट बस्तीमा बस्दा वल्मी, कन्ज, कसुवा, डुंगा र छोटी पर्सियालगायतका बस्तीका डेढ सय घर परिवार डुबानमा परेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।
यस्तै, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका–५ पवित्रा बस्ती शिविरका ७० परिवार विस्थापित भएको छ भने मछेली नदीको बाढीले कृष्णपुर–४ मा ८० परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
यसैगरी बनहराको बाढीले शुक्लाफाँटा नगरपालिका ११ को बनहरा शिविरका २५ टहरा बगाएको छ । बाढीका कारण बीचमै फसेका शुक्लाफाँटा नगरपालिका १२ दुबाहाका ४ परिवारका १६ जनालाई उद्दार गरिएको छ।
अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको छ। डीएसपी शाहकाअनुसार नदीमा पानीको सतह बढेर एक लाख ६४ हजार क्युसेक पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाएको हो ।











