पाँच हजार मिटर दौडमा गोपीचन्द्रलाई स्वर्ण
काठमाडौं, मंसिर २० : १३औं दक्षिण एशियाल खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज बिहान भएको पुरुष पाँच हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन....
काठमाडौं, मंसिर २० : १३औं दक्षिण एशियाल खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज बिहान भएको पुरुष पाँच हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन्।
उनले १४ मिनेट ५४.२० सेकेन्डमा पाँच हजार मिटर दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन्।
यसमै नेपालका नेपालका हरि रिमालले कास्य पदक जितेका छन्। उनले १४ मिनेट ५७.०५ सेकेन्डमा पाँच हजार मिटर दूरी पार गरेका हुन्।
यसमा भारतका सुनिल दावाले रजत जितेका छन्।
यो स्वर्णसँगै सागमा नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ। नेपालले सागमा अहिलेसम्मकै धेरै पदक पुर्याएको छ।
प्रकाशित मिति: १०:१६ बजे, शुक्रबार, मंसिर २०, २०७६
थप समाचार






