Kathmandu Press

अछाम पहिरो : ९ जनाको मृत्यु, १० वेपत्ता

तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले अछामका कमलबजार नगरपालिका ५, तुर्माखाँद र ढकारी गाउँपालिका २–२ जनाको मृत्यु भएको छ।
अछाम पहिरो : ९ जनाको मृत्यु, १० वेपत्ता

काठमाडाैं, असाेज १ : लागतार वर्षापछि गएको पहिरोमा पुरिएर अछाममा ९ जनाको मृत्यु भएको छ। तीन दिनदेखि परेको वर्षपछि पहिरो जाँदा कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएकोछ।

प्रहरीका अनुसार कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको छ भने ढकारी र तुर्माखाँदमा २–२ जनाको शव फेला परेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले बताए।

पहिरो परी अझै १० जना वेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ढकारी–६ मा तीन जना वेपत्ता छन् भने तुर्माखाद–५ अझै ७ जना वेपत्ता भएका छन्। प्रहरीले वेपत्ताको खोजी गरिरहेको छ।

यस्तै पहिरोबाट ७ जनाको जिवितै उद्दार गरिएको छ। थप बेपत्ताको खोजी तथा घाइतेको उद्दारका लागि हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ।
 

 

प्रकाशित मिति: १०:२३ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्