Kathmandu Press

महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौं, असोज १ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिश समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउने तयारी गरेको छ।निलम्बित प्रधानन्यायाधीश जबरालाई...
महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौं, असोज १ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिश समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउने तयारी गरेको छ।

निलम्बित प्रधानन्यायाधीश जबरालाई पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु सोधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र आज प्रतिनिधिसभामा बुझाउने तयारी भएको समितिका सदस्य सचिव लक्ष्मीप्रसाद गौतमले बताए। प्रतिनिधिसभा आज राति १२ बजे सकिने भएकाले समितिले प्रतिवेदन बुझाउन लागेको हो।

समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमिल्ने र पूर्वप्रधानन्यायाधीशहरुले पनि आफूहरु जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र वयान लिएको हो।

जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

प्रकाशित मिति: ०७:५८ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्