Kathmandu Press

बेलायतकी महारानीको अत्येष्टिमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने

काठमाडौं, असोज १ : बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्यष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी हुने भएका छन्।त्यसका लागि उनी शनिबार...
बेलायतकी महारानीको अत्येष्टिमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने

काठमाडौं, असोज १ : बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्यष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी हुने भएका छन्।

त्यसका लागि उनी शनिबार बेयालत प्रस्थान गर्न लागेका छन्। बेलायतको राजधानी लन्डनमा रहँदा उनले महारानीलाई श्रद्धाञ्जलि तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी मन्त्री खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनेछ। मन्त्री खड्का आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०६:५१ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्