बयानको लिखित प्रतिमामा लिइयाे जबराकाे हस्ताक्षर
काठमाडाैं, भदाै ३१ : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबरासँग बयानको लिखित प्रतिमा हस्ताक्षर लिएको छ।समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर...
काठमाडाैं, भदाै ३१ : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबरासँग बयानको लिखित प्रतिमा हस्ताक्षर लिएको छ।
समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले जबराको बयान १७४ पेजमा समेटेकोमा शुक्रबार बयानको ६५ पेजसम्म हस्ताक्षर लिइएको समितिका प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिए।
बैठकमा जबरालाई आफ्नो बयान पढेर सुनाउने र हस्ताक्षर गराउने काम भएको थियो। शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १ सय ७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए।
तर जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउने गरिएको थियो। शनिबार बाँकी बयान पढ्ने र हस्ताक्षर गर्ने काम हुने प्रवक्ता गौतमले बताए।
समितिको बैठक शनिबार बिहान ८ बजे नै बोलाइएको छ। हस्ताक्षर सम्पन्न गरेपछि जबरालाई पुरक प्रश्न सोधिने प्रवक्ता गौतमले बताए।











