Kathmandu Press

एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता माओवादीमा प्रवेश 

काठमाडौं, भदौ ३१ : नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।थारू कलाकार मञ्चका केन्द्रीय...
एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता माओवादीमा प्रवेश 

काठमाडौं, भदौ ३१ : नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ ।

नवप्रवेशीहरुलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन्।

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्