जबराकाे सम्पत्ति : ५९ लाख बैंक ब्यालेन्स, साढे ९ करोड ऋण
काठमाडाैं, भदाै ३१ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरण न्याय परिषद्ले संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ।बिहीबार संसद्को महाभियोग सिफारिस समितिले...
काठमाडाैं, भदाै ३१ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरण न्याय परिषद्ले संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ।
बिहीबार संसद्को महाभियोग सिफारिस समितिले सम्पत्ति विवरण झिकाउने निर्णय गरेअनुसार शुक्रबार न्याय परिषदले जबराकाे सम्पती विवरण सार्वजनिक गरेकाे हाे।
जसमा न्याय परिषद्ले २०७८ साउनसम्म जबराको नाममा बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार रुपैयाँ नगद उल्लेख रहेको जनाएको छ । त्यस्तै श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौंको वडा नम्बर ५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जमिन रहेको छ । उक्त जग्गा २०७७ मा ८ करोड २६ लाख रुपैयाँमा किनेको उल्लेख छ । उक्त जग्गामा पुरानो घरसमेत रहेको उल्लेख छ ।
त्यस्तै ठमेलको घरजग्गा धितोमा राखी ९ करोड ५० लाख ऋण लिएको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति: १८:०५ बजे, शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











