Kathmandu Press

भोलि रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदकाे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
भोलि रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस 

काठमाडौं, भदौ ३१ : सरकारले असोज १ (भोलि) रातिदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदकाे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ गतेको समय तोकिसकेको छ। 

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्था छ।

प्रतिनिधि सभाको बैठक अब भोलि एक दिनमात्रै बस्नेछ । 

प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्