Kathmandu Press

साउदीसँग छिट्टै श्रम समझदारी हुने

काठमाडौं, भदौ ३१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताएका छन्। आफूसँग...
साउदीसँग छिट्टै श्रम समझदारी हुने

काठमाडौं, भदौ ३१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताएका छन्। आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार आइपुगेका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताएका थिए। 

सो अवसरमा उनीहरुबीच साउदीमा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्दै आएका नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए। 

उनले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्ने बताएका थिए । मन्त्री कुँवरले साउदीमा काम गर्ने नेपाली श्रमिकलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह गरेका थिए। 

भेटमा राजदूत हैमदले नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्