संसदको कार्यकाल सन्तोषजनक हुन सकेन : माधव नेपाल

काठमाडौं, भदौ ३१ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै जनताका मुद्धा स्थापीत गर्न र मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउन संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताउनुभएको हो । २०७४ सालको निर्वाचनपनि जस्तो सोचिएको थियो, त्यस्तो संसदको पाँच बर्षे कार्यकाल हुन नसकेको उनको भनाई छ ।
उनले केपी ओलीको व्यक्तिबादी चरित्र र अहंकारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप समेत लगाए । संसद भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उहाको भनाई छ । उहाले मुलुकको बिकास र सुशासनका हिसावले पनि बिगतको पाँच बर्ष खराव भएको जिकिर गरे।
त्यस्तै माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले कानून निर्माण गर्ने कुरामा संसदका पाँच बर्षे कार्यकाल सफल भएको बताए। उनले पक्ष बिपक्ष हुनु संसदीय व्यवस्था नै भएकाले संसदले सहमति कायम गर्दै छलफल अघि बढाउन सफल भएको बताए।
त्यस्तै कांग्रेस सांसद सुजाता कोईरालाले पनि संसदका पाँच बर्षे कार्यकालमा महत्वपूर्ण निर्णय भएको र केहि विवाद भएपनि संसद सफल भएको बताए। कोइरालाले संसदबाट धेरै कुरा सिक्ने मौका पाएको पनि बताए।
-1735900539.jpg)









