पाँच वर्षे कार्यकालमा सांसदको भूमिका प्रभावकारी हुन सकेन : पाेखरेल
काठमाडाैं, भदाै ३१ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संसदको पाँच वर्षे कार्यकालमा जननिर्वाचित प्रतिनिधिहरुको प्रभावकारी भूमिका हुन नसकेको बताएका छन्।शुक्रबार संसद भवन...
काठमाडाैं, भदाै ३१ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संसदको पाँच वर्षे कार्यकालमा जननिर्वाचित प्रतिनिधिहरुको प्रभावकारी भूमिका हुन नसकेको बताएका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संसदको नेतृत्व गर्ने पात्रहरुको भूमिका महत्वपूर्ण हुने भए पनि त्यस्तो हुन नसकेको बताएका हुन्।
पोखरेलले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको नेतृत्वभन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रुपमा भूमिका खेलेको आरोप लगाए।
आफुहरु सत्तापक्षमा हुँदा सौहार्दपूर्ण भूमिका खेलेको र प्रतिपक्षीमा रहदा पनि प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ। उनले सदनले नै विभिन्न विषयमा प्रतिपक्षीसँग छलफल गर्न नचाहनु विडम्बना रहेको बताए।
उनले केही पात्रहरुका कारण नै संसद अनाकर्षण थलोको रुपमा देखापरेको टिप्पणी गरे।
प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1735900539.jpg)









