काठमाडौंमा चिसो बढ्यो, आज यस वर्षकै न्यून तापक्रम
काठमाडौं, मंसिर २० : काठमाडौंको तापक्रम शुक्रबार बिहान बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेपछि चिसो वढेको छ । काठमाडौंमा शुक्रबार बिहानको ता....

काठमाडौं, मंसिर २० : काठमाडौंको तापक्रम शुक्रबार बिहान बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेपछि चिसो वढेको छ । काठमाडौंमा शुक्रबार बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
जुन यस वर्षकै कम तापक्रम हो । यसअघि बिहीबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । सामान्यतया राति आकाश खुल्ला हुँदा बिहानको तापक्रम घट्छ भने बादल लागे तापक्रम बढ्छ ।
यसअघि गएको आइतबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो । काठमाडौंको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन् । तर कतै पनि पानी पर्ने संभावना भने नरहेको उनीहरुको भनाई छ ।











