सिन्धुलीकाे गाेलन्जाेरमा चारवटा बाघले मच्चाए आतंक, स्थानीय त्रसित
काठमाडौं, भदौ ३१ : सिन्धुलीको गोलन्जोर गाउँपालिकामा चारवटा पाटे बाघले घरेलु चाैपायामाथि आक्रमण गर्न थालेपछि स्थानीय आतंकित बनेका छन्।बाघले स्थानीयको खसीबाख्रासँगै घरपालुवा कुकुरसमेत मार्न थालेपछि...
काठमाडौं, भदौ ३१ : सिन्धुलीको गोलन्जोर गाउँपालिकामा चारवटा पाटे बाघले घरेलु चाैपायामाथि आक्रमण गर्न थालेपछि स्थानीय आतंकित बनेका छन्।
बाघले स्थानीयको खसीबाख्रासँगै घरपालुवा कुकुरसमेत मार्न थालेपछि स्थानीय आतंकित बनेको गोलन्जोर-२ का वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए। उनका अनुसार अहिलेसम्म मानिसमाथि बाघकाे आक्रमण नभए पनि जुनसुकै बेला हुन सक्ने खतरा बढेकाे छ।
‘बाघले मान्छेलाई समेत आक्रमण गर्न सक्ने सम्भावना देखिएको छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘गढतिर क्षेत्रमा यसअघि चितुवा देखिने गरे पनि यसपालि पाटेबाघ नै देखियाे। घाँसदाउरा गर्न, गाईबस्तु चराउन वन क्षेत्रमा जान नसक्ने अवस्था सिर्जना भएको छ।’
वडा २ बितिजो र वडा ३ भुवनेश्वरी क्षेत्रका जंगलमा देखापरेका बाघ रातकाे समयमा बस्तीमा पनि पस्ने गरेको वडाध्यक्ष कार्कीले बताए। ती बाघ मान्छे देख्दा पनि नभाग्ने खालका रहेकाे उनले जानकारी दिए। कार्कीले आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमार्फत स्थानीयलाई बाघदेखि सचेत हुन आग्रह गरेका छन्।
‘गोलन्जोर गाउँपालिका वडा नं. २ र ३ का जंगलहरुमा धेरै ठुलाठुला पाटे बाघ चारवटाको संख्यामा देखा परेको, बाख्राहरु कुकुरहरु धेरै मारिसकेको र मान्छेसँग नडराउने, घरको नजिकै खुला ठाउँहरुमै बस्ने गरेकाले वनजंगलमा घाँसदाउरा जाँदा बस्तुबाख्रा चराउन लैजाँदा र वनको छेउछाउका घरमा ससाना बालबालिकालाई एक्लै छाडेर नहिँड्न जानकारी गराउँछौं,’ उनले फेसबुकमा लेखेका छन्।
बाघ नियन्त्रणका लागि अहिलेसम्म कुनै कदम नचालिए पनि सल्लाह भइरहेकाे बताए।
-1735900539.jpg)









