Kathmandu Press

आज र भोली कलंकीदेखि सूर्यविनायकसम्मको सडक अवरुद्ध हुने

काठमाडौं, मंसिर २० : आज र भोली दुई दिन केही रुटमा सवराी साधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

१३ औँ साग खेलकुदका कारण शुक्रबार र शनि....

आज र भोली कलंकीदेखि सूर्यविनायकसम्मको सडक अवरुद्ध हुने

काठमाडौं, मंसिर २० : आज र भोली दुई दिन केही रुटमा सवराी साधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

१३ औँ साग खेलकुदका कारण शुक्रबार र शनिबार कलंकीदेखि सूर्यविनायकसम्मको सडकमा वैकल्पिक मार्ग खोज्न आग्रह गरेको हो । सागअन्तर्गत हुने साइक्लिङका कारण शुक्रबार कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वर र शनिबार कोटेश्वरदेखि सूर्यविनायकसम्म सवारी नचलाउने आग्रह गरेको हो ।

अत्यावश्यक सवारी साधनको हकमा भने ट्राफिक प्रहरीले रोक लगाएको छैन । उक्त दुइ दिन दिन दायाँ–बायाँको सर्भिस लेनमा मात्रै सवारी चलाउन आग्रह गरेको हो ।

ट्रफिक प्रहरीले शनिबार जागतीतर्फ जाने सवारीलाई भने पेप्सिकोलातर्फबाट जान आग्रह गरेको छ ।

प्रकाशित मिति: ०७:३३ बजे, शुक्रबार, मंसिर २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्