Kathmandu Press

थापागाउँको अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर 

काठमाडौं, भदौ ३१ : काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रका अनधिकृत संचरनामाथि डोजर चलाएको छ । शुक्रबार दिउँसो महानगरले थापागाउँ क्षेत्रमा गल्ली मिचेर बनाइएका तीन वटा पक्की...
थापागाउँको अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर 

काठमाडौं, भदौ ३१ : काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रका अनधिकृत संचरनामाथि डोजर चलाएको छ । 

शुक्रबार दिउँसो महानगरले थापागाउँ क्षेत्रमा गल्ली मिचेर बनाइएका तीन वटा पक्की भवनमा डोजर चलाएको हो । स

सोही क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइउका दुई वटा टहरा पनि हटाएको महानगरले जानकारी दिएको छ। 

महानगरले एक महिनादेखि अनधिकृत संरचना भत्काउने सुरु गरेको थियो । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्