Kathmandu Press

महानगरले हटायाे नयाँ बानेश्वर क्षेत्रकाे अनधिकृत संरचना

काठमाडाैं, भदाै ३१ : काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ।यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर...
महानगरले हटायाे नयाँ बानेश्वर क्षेत्रकाे अनधिकृत संरचना

काठमाडाैं, भदाै ३१ : काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ।

यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ।

सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरे पनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ।

डोजर लगाउने क्रममा केही घरधनीहरुले विरोध गरेका थिए। महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउँदै आएको छ। 

 

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्