सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९ माथिको संसोधन प्रस्ताव स्विकृत
काठमाडौं, भदौ ३१ : प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको कार्यभार...
काठमाडौं, भदौ ३१ : प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएका ऊर्जा मन्त्री पम्फा भुसालले उक्त संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ भने पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ।
त्यसअघि शुक्रबार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भई राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ टेबुल गरेका थिए।
यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७÷०७८’ पेश गरेकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते शनिबार बोलाइएको छ ।
-1735900539.jpg)










