प्रधानमन्त्री देउवाद्वारा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
काठमाडाैं, भदाै ३१ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा...
काठमाडाैं, भदाै ३१ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन्।
ट्रफीलाई नेपाली खेलकुदका चर्चित र सफल खेलाडीबाट नेपालभर प्रर्दशनीमा राख्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।
ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदको विकासमा सरकार प्रतिबद्ध रहेको भन्दै खेलकुद बिश्वबिद्यालय स्थापनाका लागि सरकार सकारात्मक रहेको बताए। उनले सरकारले कसैलाई पनि पक्षपात नगरि खेलको विकासमा लागि धारणा राखे।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो। करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो।
ट्रफीलाई यसपटक रचनात्मक ढंगले फरक बनाइएको र ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागिय टोलीमा पुर्याइने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ।











