एमालेको मागपछि चोलेन्द्रलाई पुरक प्रश्न सोध्ने तयारी स्थगित
काठमाडौं, भदौ ३१ : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर लाई तत्काल पुरक प्रश्न नसोध्ने भएको छ । शुक्रबार बिहान बसेको महाभियोग सिफारिस...
काठमाडौं, भदौ ३१ : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर लाई तत्काल पुरक प्रश्न नसोध्ने भएको छ ।
शुक्रबार बिहान बसेको महाभियोग सिफारिस समितिको बैठकमा एमाले सांसदहरुले चोलेन्द्रलाई पुरक प्रश्न नसोध्न आग्रह गरेपछि समितिले उक्त तयारी स्थगित गरेको हो ।
एमालेले चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग राखेका थिए । त्यसपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, थप कागजात मगाउनुपर्ने र त्यसपछि मात्र प्रश्नका सूची तयार गरि पूरक प्रश्न गर्नुपर्ने एमालेको माग थियो ।
अहिले प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले बिगतको बयानमा जबरालाई हस्ताक्षर गराउँदैछ । समितिका कर्मचारीहरुले विवरण पढिरहेका छन् भने त्यसमा जबराले आफूले बोलेको हो या होइन भनिरहेका छन्।
प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1735900539.jpg)










