Kathmandu Press

महाभियोग सिफारिस समितिको बैठकमा चोलेन्द्रसँगको पुरक बयान सुरु

यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो ।
महाभियोग सिफारिस समितिको बैठकमा चोलेन्द्रसँगको पुरक बयान सुरु

काठमाडौं, भदौ ३१ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान सुरु भएको छ । महाभियोग सिफारिस समितिको बैठकमा चोलेन्द्रसँगको बयान सुरु भएको हो । 

यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा जबराले पुर्वप्रधानन्यायाधीश देखी कानुन व्यवसायी र राजनीतिक दलका शीर्ष नेताहरुमाथि गम्भीर आरोप लगाएका थिए । 

जबराले आरोप लगाएका कानुन व्यवसायीहरुसँग समितिले बिहीबार छलफल गरेको थियो । कानुन व्यवसायीहरुसँगको छलफल बिहीबार नै सकिएको छ ।

कानुन व्यवसायीहरुले चोलेन्द्रविरुद्ध प्रमाण काफी भएको भन्दै नयाँ संसदमा लगेर भएपनि महाअभियोग लगाउन माग गरेका थिए ।


 

प्रकाशित मिति: १०:१५ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्