Kathmandu Press

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं, भदौ ३१ : आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह...
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं, भदौ ३१ : आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिए । उनका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।

मौसमविद्का अनुसार आज देशभर नै पानी  पर्ने सम्भावना छ । भोलि पनि धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । 

प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्