निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पनि बयान लिइदै
काठमाडौं, भदौ ३१ : संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैं छ ।बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश...
काठमाडौं, भदौ ३१ : संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैं छ ।
बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो ।
बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए ।
समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।
प्रकाशित मिति: ०७:२२ बजे, शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1735900539.jpg)










