२२९ अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान (सूचनासहित)
काठमाडौं, भदौ ३१ : नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ ।नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि...
काठमाडौं, भदौ ३१ : नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज २९ गतेसम्म अनलाइन आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।
खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ ।
नेपाली सेनाका सन्तती ११, महिला २२, आदिवासी जनजाती ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

प्रकाशित मिति: ०७:१६ बजे, शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1735900539.jpg)










