काठमाडौं महानगरले डेंगु संक्रमितलाई २४ सै घण्टा परामर्श दिने
काठमाडौं, भदौ ३० : काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि स्वास्थ्य परामर्श दिनका लागि २४ घण्टे हटलाइन सुरु गरेको छ ।संक्रमित भए वा भएको...
काठमाडौं, भदौ ३० : काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि स्वास्थ्य परामर्श दिनका लागि २४ घण्टे हटलाइन सुरु गरेको छ ।
संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुसँग परामर्श लिन सक्ने व्यवस्था मिलाएको महानगरले जनाएको छ ।
यस्तै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्ने मेयर बालेन शाहले जनाएका छन् । मेयर बालेनले डेंगु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि अपिल समेत गरेका छन् ।
प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1735900539.jpg)










