वैदेशिक भ्रमण नगर्न-नगराउन तीनै तहका सरकारलाई आयोगको निर्देशन
काठमाडौं, भदौ ३० : निर्वाचन आयोगले लालपुर्जा वितरण गर्ने लगायत सम्पूर्ण कार्यहरू स्थगित गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।यस्तै, नेपाल सरकार,...
काठमाडौं, भदौ ३० : निर्वाचन आयोगले लालपुर्जा वितरण गर्ने लगायत सम्पूर्ण कार्यहरू स्थगित गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।
यस्तै, नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालीग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै आसन्न निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न यस्तो निर्देशन दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २०:३३ बजे, बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1735900539.jpg)










