Kathmandu Press

डिजिटल बोर्डमार्फत विज्ञापन गर्न​ पाउनुपर्ने मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौं, भदौ ३० : सर्वोच्च अदालतले डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन दिन पाउनुपर्ने माग राख्दै दायर  रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।बिहीबार...
डिजिटल बोर्डमार्फत विज्ञापन गर्न​ पाउनुपर्ने मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौं, भदौ ३० : सर्वोच्च अदालतले डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन दिन पाउनुपर्ने माग राख्दै दायर  रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार सर्वोच्च अदालतले प्लेजर सुलोसन नेपालले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्लेजर सुलोसनले काठमाडौं महानगरपालिकालाई विपक्ष बनाएर डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो ।

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म बोर्ड भने नहटाउन अन्तरिम आदेश जारी गरेको छ । तर काठमाडौं महानगरपालिकाले भने बोर्ड आफै नझिके महानगरले झिकेर लैजाने चेतावनी र सूचना जारी गरेको थियो ।

यो सँगै त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको होर्डिङ बोर्डमा विज्ञापन बजाउन र काठमाडौं महानगरले उक्त बोर्ड हटाउन पनि नपाइने भएको छ।

प्रकाशित मिति: १९:४७ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्