Kathmandu Press

एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतको बिदाइ भेट 

काठमाडौं, भदौ ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बिदाइ भेट गरेका छन्। बिहीबार एमाले केन्द्रीय कार्यालय,...
एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतको बिदाइ भेट 

काठमाडौं, भदौ ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बिदाइ भेट गरेका छन्। 

बिहीबार एमाले केन्द्रीय कार्यालय, च्यासलमा भएको भेटमा अध्यक्ष ओलीले राजदूत बेरीको सफल कार्यकालका लागि बधाइ तथा धन्यवाद दिए। भेटमा नेपाल र अमेरिकाबीचको मित्रतापूर्ण सम्बन्ध र नेपालको विकासमा अमेरिकी सहयोगका बारेमा कुराकानी भएको थियो। 

भेटमा अध्यक्ष ओलीले गरिबी निवारण र दिगो विकासका लक्ष्य प्राप्तिका सन्दर्भमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले केही प्रभावित गरे पनि नेपाल त्यस दिशामा अगाडि बढिरहेको बताए। 

राजदूत बेरीले अध्यक्ष ओलीको नेतृत्वको सरकारका समयमा नेपालको समृद्धि र विकासका कामले गति लिएकोमा प्रशंसा गर्दै आफू अमेरिका फर्केपछि पनि नेपालको विकासमा अमेरिकी सहयोगका लागि सधै सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्