Kathmandu Press

डेंगु संक्रमितको संख्या १२ हजार नाघ्याे

काठमाडाैं, भदाै ३० : नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२...
डेंगु संक्रमितको संख्या १२ हजार नाघ्याे

काठमाडाैं, भदाै ३० : नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार २१७ जना डेंगु संक्रमण पुष्टि भएको छ ।

त्यस्तै डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए ।

तत्पश्चात नेपालमा डेंगु वर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।

प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्