Kathmandu Press

जनमोर्चाले भन्यो,-सिट बाँडफाँडको निर्णय छिटो हुनुपर्यो 

काठमाडौं, भदौ ३० : राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनभित्र  सिट बाँडफाँडको निर्णय छिटो हुनुपर्नेमा जोड दिएको छ । पाँच दलका बीच सिटहरुबारे नै अन्योलको स्थिति...
जनमोर्चाले भन्यो,-सिट बाँडफाँडको निर्णय छिटो हुनुपर्यो 

काठमाडौं, भदौ ३० : राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनभित्र  सिट बाँडफाँडको निर्णय छिटो हुनुपर्नेमा जोड दिएको छ ।

 पाँच दलका बीच सिटहरुबारे नै अन्योलको स्थिति हुँदा जनताका बीचमा जाने र चुनावको प्रचार प्रसार गर्ने काममा बाधा पुगिरहेको जनमोर्चाको भनाइ छ । जनमोर्चाका महासचिव मनोज भट्टले बिहीबार जारी गरेको विज्ञप्तिमा पाँचदलका बीचमा संघको सिटहरु बाहेक प्रदेशका सिटहरुबारे अहिलेसम्म छलफलले प्रवेश नै पाएको नपाएको उल्लेख गरिएको छ ।

सिट बाँडफाँटको निर्णय छिटै हुनुपर्दछ भन्ने कुरामा पार्टीको जोड रहेको उनको विज्ञप्तिमा उल्लेख छ । आगामी मंसिर ४ गते सम्पन्न हुने आम चुनावले देश प्रतिगमनको दिशामा जानेछ वा त्यसलाई रोक्न सकिने छ भन्ने निर्क्योल गर्ने भएकाले परिवर्तनलाई जोगाउन गठबन्धनले जित्न आवश्यक रहेको जनमोर्चाको जिकिर छ ।  

त्यसैले पाँचदलीय चुनावी तालमेललाई सफलतापूर्वक अगाडि बढाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ ।  जनमोर्चाले पाँचदलका बीचमा  पहिले जसले जुन सिटहरु जितेको छ, त्यहाँ त्यसलाई नै दिने र एमालेले जितेका स्थानहरुमा आपसमा समझदारी गरेर सिटहरु बाँडेर चुनाव लड्ने सहमति भएको छ ।  

त्यस अनुसार नै प्यूठानमा पहिले पार्टीले जितेको र बागलुङमा पहिले एमालेले जितेको क्षेत्र नम्बर १ मा आफूहरुको दाबी गरेको विज्ञप्तिमा उल्लेख छ । पाँचदलको बैठकमा पार्टीको दुवै दावीलाई सामान्यतः स्वीकार  गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्