Kathmandu Press

एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

काठमाडाैं, भदाै ३० : काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको उपाधिका लागि दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब...
एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

काठमाडाैं, भदाै ३० : काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको उपाधिका लागि दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।

वर्षाले प्रभावित खेलमा खेलमा एनआरएनएलाई १३ रनले हराउँदै नेपाल पुलिस फाइनल पुग्दा आर्मी भने सुदूरपश्चिम प्रदेशविरूद्धको खेल रद्द भएपछि समूह एको विजेता बनेको हैसियतमा फाइनल पुगेको हो ।

वर्षाका कारण ८ ओभरको छोट्याइएको खेलमा पहिला ब्याटिङ गर्दै पुलिसले दिएको १११ रनको लक्ष्य पछ्याएको एपिएफले निर्धारित आभेरमा ३ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान सुनाम गौतमले २५ बलमा ४६ तथा सागर पुनले २० बलमा ३७ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। पुलिसका योगेन्द्रसिंह कार्कीले २ तथा पवन सर्राफले १ विकेट लिए।

त्यसपछि पहिला ब्याटिङ गरेको पुलिसले ८ ओभरका ६ विकेट गुमाउँदै ११० रनको विशाल योगफल बनायो । उसका लागि आरिफ सेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले विस्फोटक ब्याटिङ गरे।

आरिफले १५ बलमा समान ३ चौका र छक्का प्रहार गर्र्दै ३६ रन बनाउँदा कप्तान दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए । यस्तै, करण केसीले ८ बलमा २ छक्कासहित १८ रन बनाए। पुलिसको इनिङमा कुल १० छक्का प्रहार भएको थियो । पुलिसका रसिद खानबाहेक अन्य ब्याट्सम्यानको स्ट्राइक रेट २ सय माथिको थियो।

एनआरएनएका दिवस गिरीले २ तथा दिपेश क्षेत्री, दिनेश खरेल र सुनाम गौतमले समान १ विकेट लिए।

आर्मी र पुलिसबीचको फाइनल शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ।

प्रकाशित मिति: १८:०६ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्