जय नेपाल हलको कम्पाउन्ड खोतल्दा महानगरले भेटायो टुकुचा खोला
काठमाडौं, भदौ ३० : काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल...
काठमाडौं, भदौ ३० : काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ ।
विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए ।
टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर बिभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको थियो ।
प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1735900539.jpg)










