Kathmandu Press

नेपाल–बंगलादेश मैत्रीपूर्ण खेल : ४९ लाख खर्च, टिकट दर १ हजार र ५ सय

काठमाडाैं, भदाै ३० : नेपाली राष्ट्रिय फुबटबल टिमले असोज दोस्रो साता घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल असोज ११ गते दशरथ रंगशालामा...
नेपाल–बंगलादेश मैत्रीपूर्ण खेल : ४९ लाख खर्च, टिकट दर १ हजार र ५ सय
फाइल तस्बिर

काठमाडाैं, भदाै ३० : नेपाली राष्ट्रिय फुबटबल टिमले असोज दोस्रो साता घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल असोज ११ गते दशरथ रंगशालामा आयोजना हुनेछ।

बिहीबार दशरथ रंगशालामा प्रत्रकार सम्मेलन गर्दै एन्फाले फिफा डेमा हुने मैत्रीपूर्ण खेलाका लागि तयारी पुरा भएको जनाएको छ। एन्फाकाअनुसार खेल आयोजनाक लागि ४८ लाख ६५ हजार खर्च लाग्ने छ । प्रतियोगिताका लागि एन्फाले टिकट दर पनि निर्धारण गरेको छ।

एन्फाले भिआईपी तर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ मूल्य तोेको छ। यस्तै, खेलका लागि एन्फाले विराटकृष्ण श्रेष्ठलाई संयोजक तोकेको छ। मैत्रीपूर्ण खेलका नेपाली टिमले २ महिनादेखि तयारी गरिरहेको छ।

मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले ४० खेलाडीलाई बोलाएर बन्द प्रशिक्षणमा राखेका छन्। मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टिम असोज ७ गते काठकाडौं आइपुग्ने एन्फाले जनाएको छ। नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ भिडन्त हुँदा नेपाल १३ र बंगालादेश ७ खेलका विजयी हुँदा ३ खेला बराबरीमा सकिएको छ।

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्