Kathmandu Press

भारोत्तोलनमा सञ्जु चौधरीले जितिन् स्वर्ण 

पोखरा, मंसिर १९ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जितेकी छिन्। 

....

भारोत्तोलनमा सञ्जु चौधरीले जितिन् स्वर्ण 

पोखरा, मंसिर १९ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जितेकी छिन्। 

बिहीबार पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा भएको महिला ५९ केजी तौल समूहको प्रतिस्पर्धामा चौधरीले श्रीलंकाकी आरएमएनएस राजापाक्षालाई हराउँदै स्वर्ण पदक जितेकी हुन्। 

योसँगै चौधरी भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्। त्यतिमात्रै होइन नेपालले सन् २००६ पछि भारोत्तोलनमा पहिलो पटक स्वर्ण जित्यो।

सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान पनि बनाउनसमेत सफल भइन्।

श्रीलंकन खेलाडी राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजी भार बहन गर्दै रजत पदक हात पारिन्। 

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, मंसिर १९, २०७६