महाभियोग सिफारिस समितिको बैठक सुरु, चोलेन्द्रले नाम लिएका कानुन व्यवसायी उपस्थित
काठमाडौं, भदौ ३० : महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका कानुन व्यवसायीहरुको उपस्थितीमा छलफल...
काठमाडौं, भदौ ३० : महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका कानुन व्यवसायीहरुको उपस्थितीमा छलफल सुरु भएको हो । छलफलमा नेपाल बार एशोसियशनका निवर्तमान दुई पदाधिकारी पनि उपस्थित छन् ।
समितिले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीलाई पनि छलफलमा बोलाएको भएपनि उनीहरु अनुपस्थित छन् ।
समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन् ।
प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1735900539.jpg)










