Kathmandu Press

साफ यु-१७ च्याम्पियनसिप खेलेर श्रीलंकाबाट फर्कियाे नेपाली फुटबल टोली

काठमाडाैं, भदाै ३० : श्रीलंकामा आयोजना भएको साफ यु-१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन्।नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका...
साफ यु-१७ च्याम्पियनसिप खेलेर श्रीलंकाबाट फर्कियाे नेपाली फुटबल टोली

काठमाडाैं, भदाै ३० : श्रीलंकामा आयोजना भएको साफ यु-१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन्।

नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन्। नेपाली टोलीलाई एन्फाका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए। कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो। बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो।

स्वदेश फर्किएपछि यु-१७ नेपाली टिमका कप्तान प्रशान्त लक्समले छोटो समयमा नै राम्रो नजिता आएको भन्दै सन्तुष्ट रहेको बताए। यु-१७ फुटवलको यो सफलता सुरुवात भएको भन्दै आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउने उनले बताए। उनले प्रतियोगीताबाट धेरै कुरा सिक्ने मौका पाएको बताए।

भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ। यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो। नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो।

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्