काठमाडौं महानगरपालिकामा फुटपाथ व्यवसायीको धर्ना

काठमाडौं, भदौ ३० : फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै साना व्यापारिहरुले काठमाडौं महानगर अगाडी धर्ना दिएका छन् ।
फुटपाथमा व्यापार गर्नु रहर नभई बाध्यता नभएको भन्दै उनीहरुले बिहीबार महानगर अगाडी धर्ना दिएका हुन् ।
नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा सहभागीहरुले हामीलाई बाच्न देउ, स्वरोजगार श्रमिकलाई पञ्जिकरण गर, सडकमा व्यापार गर्नु रहर होईन बाध्यता हो, सन्ध्याकालीन बजारको व्यवस्थापन गर’ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
फुटपाथमा व्यापार गर्दा पैदल यात्रीलाई समस्या भएको भन्दै महानगरले व्यापार गर्न रोक लगाएको थियो ।
प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










