परराष्ट्र मन्त्रालयले भन्यो– ‘अग्नीपथको विषयमा तत्काल केही निर्णय भएको छैन
काठमाडौं, भदौ ३० : परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका बिषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावन नरहेको बताएको छ। बिहीबार सिंहदरबारमा आयोजित...
काठमाडौं, भदौ ३० : परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका बिषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावन नरहेको बताएको छ।
बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन्।
अहिले सरकार पूर्ण रुपमा निर्वाचनको तयारीमा लागेकाले र यस बिषयमा राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि अहिले कुनै निर्णय नहुने उनको भनाइ छ । उनले नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने रहेको जानकारी दिइन्।
प्रवक्ता लम्सालले प्राकृतिक प्रकोपमा फसेको पाकिस्तानलाई मानविय हिसावले नेपालले सक्ने सहयोग गरेको र आागमी दिनमा सहयोग आदान प्रदान हुने बताइन् ।
प्रकाशित मिति: १५:२५ बजे, बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










