Kathmandu Press

प्रचण्डलाई अंगालो हालेँ, उनले ग्वाम्म छुरी रोपे : ओली 

' मुलुकलाई शान्ति र स्थिरता तथा बिकासको बाटोतर्फ अघि बढाउन अवको निर्वाचनमा एमालेले हार्न हुँदैन'
प्रचण्डलाई अंगालो हालेँ, उनले ग्वाम्म छुरी रोपे : ओली 
फाइल तस्बिर

काठमाडौं, भदौ ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई प्रचण्डले धोका दिएको बताएका छन् । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँने क्रममा ओलीले आफूलाई प्रचण्डले धोका दिएको बताएका हुन् । 

नेकपा बनाउन र वामपन्थी आन्दोलनलाई एकैठाउँमा ल्याउनका लागि आफूले प्रचण्डलाई अंगालो हालेको तर उनले छुरी रोपको ओलीले बताए ।  ‘प्रचण्डलाई मैले मान सम्मानपूर्वक मेरो छेउमा राखेको थिएँ । एकतावद्ध भएर जाऔं भनेर मैले हात मिलाएको मात्रै होइन, अंगालो हालेको थिएँ । तर प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे, म अलिअलि होसियार त थिएँ । नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्मै छुरी रोपे,’ उनले भने। 

उनले प्रचण्डलाई समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढ्न आग्रह गर्दा आफैलाई पार्टीबाट निकालेको बताए । आफुले प्रचण्डको हात समाए पनि उनले लुकाउने गरेको उनकाे भनाइ छ।  ‘कस्तोसँग एकता गरेको रहेछु ? मैले दिएको बरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोज्ने ? त्यसरी हुन्छ आन्दोलन ?’ उनले प्रश्न गरे । 

उनले अहिले गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक हिसावले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताए। मुलुकलाई शान्ति र स्थीरता तथा बिकासको बाटोतर्फ अघि बढाउन अवको निर्वाचनमा एमालेले हार्न हुने उनले बताए।  ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अव यसलाई रोक्नुपर्ने धारणा राखे। 

एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाई छ । अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरु मध्ये कसैले पनि एक्लाएक्लै चूनाव लड्ने आँट गर्न नसकेको तर्क गरे । 

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्