प्रचण्डलाई धक्का : माओवादीका चितवन जिल्ला सह-इन्चार्ज इन्द्रजित एमाले प्रवेश
काठमाडौं, भदौ ३० : माअोवादी केन्द्र चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका...
काठमाडौं, भदौ ३० : माअोवादी केन्द्र चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका परियार बिहीबार एमाले प्रवेश गरेका हुन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा लगायतले परियारलाई पार्टी प्रवेश गराएका हुन् ।
परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमान्डर अन्जन तिमिल्सिना, कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक सहितका नेताहरु एमाले प्रवेश गरेका हुन् ।
परियार नेकपा माअोवादी केन्द्र र एमालेको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला अध्यक्ष थिए । उनी पाँच पठक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका छन् ।
एमालेले उनको प्रवेशलाई ठूलो उपलब्धी मानेको छ । प्रचण्डकै निर्वाचत क्षेत्र माडीबाट राजनीति गरेका परियार एमाले प्रवेश गरेपछि आगामी निर्वाचनमा माओवादीलाई ठूलो धक्का लाग्ने अनुमान एमालेको छ ।










