गठबन्धन सरकारले देशलाई ठुलो दुर्घटनाबाट जोगाएको छ : सिंह
काठमाडाैं, भदाै ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताएका छन्।वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन...
काठमाडाैं, भदाै ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताएका छन्।
वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका बिषयमा बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन्।
आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने उनले बताए। त्यस्तै उनले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू प्रतिबद्ध रहेको बताए।
काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ। नेता सिंहले वागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे।
तत्कालीन नेकपाको सरकारले आवश्यक कानून समयमा नै नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेकाले समस्या सिर्जना भइरहेको उनले बताए।










