भारतीय खेलाडीलाई हराउँदै तेक्वान्दोमा भुपेनले जिते स्वर्ण
काठमाडाैं, मंसिर १९ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन्।
बिहीबार भएको ....
काठमाडाैं, मंसिर १९ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन्।
बिहीबार भएको ८७ केजीमुनिको समूहमा प्रतिस्पर्धा गरेका भुपेनले स्वर्ण पदक हात पारेका हुन्। स्वर्ण जित्ने क्रममा भुपेनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा पराजित गरेका थिए।
नेपालले जारी १३ औं सागमा तेक्वान्दोतर्फ १२ स्वर्ण जितिसकेको छ।
प्रकाशित मिति: १७:५० बजे, बिहीबार, मंसिर १९, २०७६
थप समाचार






