Kathmandu Press

प्रतिनिधि सभा बैठक शुक्रबारका लागि सर्‍याे

काठमाडौं, भदौ ३० : आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले...
प्रतिनिधि सभा बैठक शुक्रबारका लागि सर्‍याे

काठमाडौं, भदौ ३० : आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । 

संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन् । 

प्रकाशित मिति: ११:५६ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्