Kathmandu Press

लोसपाका सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै 

काठमाडौं, भदौ ३० : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्। मंसिर ४ को निर्वाचनमा एमाले र लोसपाले तालमेल गर्ने...
लोसपाका सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै 

काठमाडौं, भदौ ३० : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्।

मंसिर ४ को निर्वाचनमा एमाले र लोसपाले तालमेल गर्ने तयारी गरिरहेको अवस्थामा लोसपा संसदीय दलका सचेतक समेत रहेका अरगरिया भने एमाले प्रवेश गर्न लागेका हुन् । 

अरगरिया असोज ८ गते एमाले प्रवेश गर्ने एक नेताले बताए । उनलाई एमाले अध्यक्ष ओलीले नै पार्टी प्रवेश गराउने बताइएको छ। 
 
०७४ को चुनाव अरगरियाले तत्कालीन समाजवादी पार्टी, नेपालबाट जितेका थिए । 

राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा भने उनले लोसपा रोजेका थिए ।  
 

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्