च्याम्पियन्स लिग : रियल, सिटी, पिएसजीको जित, युभेन्टस पराजित

काठमाडाैं, भदाै ३० : युईएफए च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएका खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड, इंग्लिस क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पिएसजी विजयी भएका छन्। बुधबार राति भएको खेलमा रियलले जर्मन क्लब आरबजी लेइपजिगमाथि २–०को जित निकाल्दा सिटीले बोरुसिया डर्टमन्डमाथि २–१ र पिएसजीले म्याकिब हाइफमाथि ३–१को जित निकाल्यो।
घरेलु मैदानमा रियललार्य जित दिलाउन फेडेरिको भाल्भर्डेले ८० र मार्को ओसेन्सियोले इन्जुरी समयमा गोल गरे । यता, सिटीका लागि अर्लिङ हालान्ड र जोन्स स्टोन्सले गोल गर्दा डर्टमन्डका जुडे बेलिङघमले गोल गरेका थिए । सिटीले १ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकाल्यो।
यस्तै, पिएसजीले पनि हाइफमाथि ३–१को पुनरागमन जित निकाल्यो । उसका लागि लियोन मेसी, किलियन एम्बाप्पे र नेमारले गोल गर्दा हाइफका ज्रान चेरीले गोल गरेका थिए।
यता, इटालियन जाइन्ट यभेन्टस भने पराजित भएको छ। बुधबार राति भएको खेलमा युभेन्टस पोर्चुगिज क्लब बेन्फिाकासँग पराजित भएको हो। उसका लागि जोआ मारियो र डेभिड नेरेसले गोल गरे भने युभेन्टसका अर्काडिइन मिलिकले गोल गरेका थिए। यस्तै, इंग्लिस क्लब चेल्सी अस्ट्रियन क्लब साल्जबर्गमसँग १–१ गोलको बराबरीमा रोकिएको छ।











