नेपाल टि–२० लिग स्थगित
काठमाडाैं, भदाै ३० : असोज ८ गतेदेखि आयोजना हुने भनिएको नेपाल टि–२० लिग स्थागित भएको छ। गृहमन्त्रालयले निर्वाचन अघि प्रतियोगिता सञ्चालन नगन पत्रचार...
काठमाडाैं, भदाै ३० : असोज ८ गतेदेखि आयोजना हुने भनिएको नेपाल टि–२० लिग स्थागित भएको छ। गृहमन्त्रालयले निर्वाचन अघि प्रतियोगिता सञ्चालन नगन पत्रचार गरेपछि क्यानले विज्ञप्ति जारी गर्दै तत्कालका लागि प्रतियोगिता स्थागित गरेको हो।
चुनावका कारण खेलाडीको सुरक्षा व्यवस्थामा कठिनाइ हुन सक्ने भन्दै गृहले चुनावपछि प्रतियोगिता गर्न क्यानलाई पत्राचार गरेको थियो ।
टि–२० लिगको गभर्निङ काउन्सिलले २५ मंसिरदेखि १६ पुससम्मको प्रतियोगिताका सञ्चालनका लागि मिति प्रस्ताव गरेको छ।
प्रतियोगिताका लागि क्यानले खेलाडी ड्राफ्ट पनि गरिसकेको थियो । सबै टिमले विदेशी खेलाडी पनि अनुबन्धन गरिसकेका थिए। प्रतियोगिताकै लागि भनेर क्यालने राष्ट्रिय खेलकुदअन्तगृतको पुरुष क्रिकेट एक महिना अघि भदौरे झरीमा गरिरहेको छ।
प्रतियोगिताका लागि काठमाडौंले ज्ञानेन्द्र मल्ल, विराटनगरले रोहितकुमार पौडेल, पोखराले आसिफ सेख, लुम्बिनीले दीपेन्द्रसिंह ऐरी, जनकपुरले सोमपाल कामी र फारवेस्टर्नले करण केसीलाई मार्की खेलाडीका रुपमा अनुबन्धन गरेका छन्।











