Kathmandu Press

कर्मचारीको मनोबल खस्किन दिन्न : मन्त्री त्रिपाठी

परासी, मंसिर १९ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। 

....
कर्मचारीको मनोबल खस्किन दिन्न : मन्त्री त्रिपाठी
फाइल

परासी, मंसिर १९ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। 

पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा बिहीबार जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताएका हुन्। उनले भने ,'तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन, निराश नभइ काममा लाग्नुहोस्।' 

मन्त्री त्रिपाठीले निजामती सेवा विद्ययेकलाई सहमतिबाटै अन्तिम रुप दिन आफूले पहिलो प्राथमिकतामा राखेको बताए। उनले संसद्को आउँदो हिउँदे अधिवेशनको पहिलो बैठकबाटै अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिए। 

मन्त्री त्रिपाठीले कर्मचारीको बढुवामा आर्थिक अनुशासन पनि मापदण्डमा समावेश गर्ने तयारी भइरहेकाले समायोजनमा रहेका त्रुटी सच्चाउने आश्वासन पनि दिए।  
 
प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, मंसिर १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्